जनयुद्धको एघारौं वाषिर्कोत्सवका अवसरमा आम जनसमुदायका नाममा अध्यक्ष क.प्रचण्डको अपिल
काठमाडौं, फागुन १/नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गतेेदेखि शुरु भएको जनयुद्धको एक दशक पूरा भएको छ । जनयुद्ध दश वर्षपूरा गरी एघारौं वर्षा प्रवेश गरेको अवसरमा आज आम जनसमुदायको नाममा एक अपिल जारी गर्नुहु“दै नेकपा-माओवादी) का अध्यक्ष क.प्रचण्डले ‘शान्तिपर्ूण्ा र फौजी प्रतिरोधको समुचित संयोजनविना निरंकुश सामन्तीतन्त्र ध्वस्त नहुने’ वताउनुभएको छ ।
अध्यक्ष क.प्रचण्डले जारी गर्नुभएको अपिल
जनयुद्धको एघारौं वाषिर्कोत्सवका अवसरमा आम जनसमुदायका नाममा अध्यक्ष क.प्रचण्डको अपिल
सामन्तवाद र साम्राज्यवादको शोषण-उत्पीडनबाट नेपाल र नेपाली जनताको मुक्तिका लागि व्रि्रोहको नया“ युगलाई प्रतिनिधित्व गर्दै नेपाली र्सवहारा वर्गको गौरवशाली राजनैतिक प्रतिनिधि ने.क.पा.-माओवादी) को नेतृत्वमा पहल गरिएको जनयुद्ध, आज फाल्गुण १ गते दश वर्षपूरा गरी एघार वर्षा प्रवेश गरेको छ । एक दशकको यो जनव्रि्रोहले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा वहुआयामिक र दूरगामी प्रभाव मात्र परेको छैन अपितु आजको भूमण्डलीकृत साम्राज्यवाद, मुख्यतः अमेरिकी साम्राज्यवादको शोषण-उत्पीडन, हस्तक्षेप र आतंकका विरुद्ध जुधिरहेका विश्वभरिका जनसमुदायमा अध्ययन, बहस र प्रेरणाको नया“ गति समेत प्रदान गरेको छ । करिब अर्ढाई सय वर्षपुरानो सामन्तीतन्त्रलाई समूल नष्ट गरी नेपाली समाजलाई गणतान्त्रिक ढा“चामा संगठित गर्ने प्रक्रियामा निर्ण्ाायक भूमिका खेलिरहेको यो महान् जनयुद्धले विचारधारात्मक दृष्टिबाट २१औं शताब्दीमा मा.ले.मा.को विकास गरी विश्व क्रान्तिको नया“ लहर सृष्टि गर्ने भूमिकामा महत्वपर्ूण्ा योगदान गरिरहेको छ । निश्चय नै दश वर्षो यो महान् यात्रा विश्व इतिहासका तमाम महान् क्रान्तिहरु जस्तै सहज र सरल रेखामा नभएर घुम्ती, भूमरी र विपत्तिहरु पार गर्दै अगाडि बढेको छ, आज नेपालमा एउटा निर्ण्ाायक राजनैतिक शक्ति र विश्वमा श्रमजीवी जनसमुदायका लागि एक प्रेरणास्रोतको यो उ“चाइसम्म जनयुद्धलाई उठाउन नेपाली जनताका हजारौं र्सवश्रेष्ठ छोराछोरीहरुले आफ्नो प्राणको आहुति दिएका छन्, हजारौं घाइते र अपांग बनेर यो महान् प्रक्रियालाई सिंचाइ गरिरहेका छन् भने हजारौं योद्धा र लाखौं जनसमुदायले दुश्मनका अकथनीय यातना, कालकोठरी र बेपत्ता पार्ने भयानक स्थितिको त्याग र तपस्याद्वारा सामना गरिरहेका छन् । जनयुद्धले दश वर्षपूरा गरी एक अद्धितीय उ“चाइमा उठेको यस ऐतिहासिक घडीमा म र्सवप्रथम यो ऐतिहासिक योगदानका प्रमुख हकदार, जनयुद्धका तमाम महान् र अमर शहिदहरुप्रति गौरवशाली पार्टर्ीीे केन्द्रीय समितिका तर्फाट लालसलाम टक्रयाउ“दै भावपर्ूण्ा श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । यस अवसरमा जनयुद्धका तमाम घाइते र अपांगहरुप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभ र क्रान्तियात्रामा निरन्तर सहभागिता र प्रगतिको कामना गर्दछु । साथै यस ऐतिहासिक अवसरमा म दुश्मनको जेल, नेल र यातनाको सामना गरी क्रान्तिको ज्वाला दन्काइरहने तमाम योद्धाहरुप्रति क्रान्तिकारी अभिवादनसहित शीघ्र मुक्तिको कामना गर्दछु । एघारौं वाषिर्कोत्सवको यस ऐतिहासिक दिनमा मुक्तिका पक्षमा आवाज उठाउने देशभित्र र बाहिरका तमाम जनपक्षीय संघ, संस्था र आम जनसमुदायप्रति हाम्रो पार्टर्ीीार्दिक अभिवादनसहित जुझारु ऐक्यबद्धता प्रकट गर्दछ ।
आज नेपाली समाज निरंकुश सामन्तीतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा संक्रमणको अन्तिम बिन्दुतिर अगाडि बढिरहेको छ । मरणासन्न सामन्ती अभिजात वर्गको एउटा सानो गिरोहले आफ्नो परम्परागत सैन्य डफ्फाको भरमा अर्ढाई करोड नेपाली जनता र विश्व जनमतका विरुद्ध आतंकको राज्य चलाउने अन्तिम मर्ूखताको पर््रदर्शन गरिरहेको छ । धन-जनको ठूलो क्षतिविना शान्तिपर्ूण्ा ढंगले नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षा पूरा हुने वातावरण निर्माणका लागि हाम्रो पार्टर्ीी जनयुद्धको एघारौं वाषिर्कोत्सवको पर्ूवसन्थ्यामा चार महिना लामो एकपक्षीय युद्धविराम गर्यो र त्यही अवधिमा देशका प्रमुख संसदवादी राजनैतिक दलरुस“ग १२ बुंदे समझदारी समेत कायम गर्यो । तर, देश र जनताप्रति रत्तिभर जिम्मेदारी नभएको सामन्ती अभिजातहरुको अपराधी गिरोहले त्यसको वेवास्ता मात्र गरेन अपितु फौजी आतंकका बलमा हजारौं लोकतन्त्रप्रेमीहरुलाई अपहरणको शैलीमा बन्दी बनाएर फौजी व्यारेकमा चुनावी नाटकको मञ्चन गरी २१ औं शताब्दीका संसारकै सभ्य मानिसहरुका अगाडि हा“सो र लज्जाको विषय बन्ने मर्ूखता गरिरह्यो । देशमा जनताको उच्च फौजी र शान्तिपर्ूण्ा प्रतिरोधको लहर चलिरहेको जिउ“दो यथार्थलाई सूर-तालविहीन ढंगले छिटफुट घटनाका रुपमा अवमूल्यन गर्ने ज्ञानेन्द्र शाहीको पागलपनले विश्व जनमतलाई नै आर्श्चर्यचकित तुल्यायो । आखिर देशभित्र र बाहिरका आम जनताको चौतर्फी विरोधका बाबजुद यो सामन्तीहरुको सानो गिरोह र उसको परम्परागत लठै्रत ‘शाही सेना’ कसरी टिक्न सकेको छ - प्रश्न निकै गम्भीर र ध्यान दिन लायक छ । हाम्रो पार्टर्ीीतिहासका अनुभव र वर्तमानका घटनाक्रमबाट यो निष्कर्षा पुगेको छ कि बाहिर गोहीको आ“सु देखाए पनि यी सामन्ती हत्याराहरुको फौजी आतंकलाई टिकाउने भूमिकामा विश्व साम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवादको नै हात रहेको छ । आतंकवादविरोधी युद्धका नाममा विश्व जनसमुदायमाथि नै आतंकको साम्राज्य खडा गर्ने अमेरिकी शासक वर्गको बुस मण्डलीका सैनिक कमाण्डरहरुको ढाडस र प्रोत्साहनमा नै यी सामन्ती हत्याराहरु नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाका विरुद्ध यसप्रकारको मर्ूखतापर्ूण्ा अपराध गरिरहेका छन् । त्यसप्रकारको ढाडस र प्रोत्साहनका पछाडि नेपालको भू-राजनैतिक स्थितिबाट फाइदा उर्ठाई चीन, भारत र दक्षिण एशियाका अरबौं जनतामाथि राइ“दाइ“ गर्ने साम्राज्यवादी स्वार्थ र षडयन्त्रले काम गरेको छ । हालै अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डको कथित कमाण्डर आएर ज्ञानेन्द्र शाहीलाई नेपाली जनताका बिरुद्ध कथित रेञ्जर फोर्स -कमाण्डो) बढाउन दिएको निर्देशनले यो कुरालाई झन स्पष्ट गरेको छ । हाम्रो पार्टर्ीी यो वास्तविकतालाई गम्भीरतापर्ूवक आत्मसात गरेर नै केही वर्षपहिलेदेखि ‘शाही’ सेनालाई शाही अमेरिकी सेना भन्दै आएको हो । हामी यसको गम्भीर राजनैतिक परिणामप्रति गम्भीररुपले ध्यान दिई लोकतन्त्र र शान्तिको पक्षमा आवश्यक पहल बढाउन नेपाल, चीन, भारत, दक्षिण एसिया र विश्वकै जनपक्षीय शक्तिहरुस“ग यस ऐतिहासिक अवसरमा हार्दिक र विशेष अपिल गर्न चाहन्छौं ।
उपरोक्त स्थितिका बाबजुद हाम्रो पार्टर्ीीवश्वस्त छ कि आफ्नो लोकतान्त्रिक अधिकारप्रति सचेत महान् नेपाली जनताको गणतान्त्रिक आन्दोलनको सफलतालाई अब कसैले रोक्न सक्तैन । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनसमुदायको अधिकारलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन र राज्यसत्ताको पुनर्संरचना गरी प्रतिस्पर्धात्मक लोकतन्त्र स्थापना गर्ने नेपाली जनताको महाअभियानलाई विश्व जनमत र अन्तर्रर्ााट्रय समुदायको समेत र्समर्थन प्राप्त भएसकेकाले अब अमेरिकी सैनिक कमाण्डरहरुको लुकीछिपी सहयोगले ज्ञानेन्द्र शाहीको सामन्ती गिरोहलाई बचाउन सक्ने छैन । नेपाली जनताले दिने अबको एक धक्काले सामन्तीतन्त्र सदाका लागि नष्ट हुने र नेपालमा लोकतन्त्र, शान्ति र प्रगतिको नया“ अध्यायको शुभारम्भ हुने कुरा निश्चित छ । अतः इतिहासको यो निर्ण्ाायक र संवेदनशील घडीमा एउटै साझा नारा, एउटै साझा मोर्चा र एउटै साझा कार्यक्रम निर्माणका लागि तदारुकताका साथ अगाडि आउन हाम्रो पार्टर्ीीात राजनैतिक दल, नागरिक समाज र आम बौद्विक समुदायस“ग जोडदार अपिल गर्दछ । निरंकुश सामन्ती तत्वहरुको फौजी आतंकका विरुद्ध त्यसप्रकारको नारा, मोर्चा र कार्यक्रमले जनताको समानान्तर सरकारको प्रारुप तयार गर्नेछ । हाम्रो विश्वास छ कि यसप्रकारको जनताको सरकारलाई लोकतन्त्र र शान्तिका पक्षधर सबै अन्तर्रर्ााट्रय शक्तिहरुको र्समर्थन र सहयोग प्राप्त हुनेछ । हाम्रो के पनि विश्वास छ भने त्यसप्रकारको साझा नारा, मोर्चा, कार्यक्रम र सरकारको घोषणा मात्रले ज्ञानेन्द्र शाही र उसको सानो सामन्ती गिरोहलाई धारासायी पार्ने छ र नेपाल गणतान्त्रिक राज्य प्रणालीसहित शान्ति र समृद्धिको दिशातिर अगाडि बढ्नेछ । हाम्रो पार्टर्ीीो उद्देश्य परिपर्ूर्तिका लागि जतिसुकै लचिलो बन्न पनि तयार रहेको यथार्थ स्पष्ट भइसकेको छ र हामी यस अवसरमा त्यो प्रतिबद्धता अझ स्पष्ट गर्न चाहन्छौं । हाम्रो पार्टर्ीी यो पनि विश्वास लिएको छ कि यसप्रकारको ठोस प्रक्रिया अगाडि बढ्ने बित्तिकै नेपालमा सैन्य शक्तिको पर्ुनर्संरचना कुनै कठिन र जटिल विषय बन्ने छैन ।
अन्तमा शान्तिपर्ूण्ा र फौजी प्रतिरोधको समुचित संयोजनविना निरंकुश सामन्तीतन्त्र ध्वस्त नहुने वास्तविकतालाई आत्मसात् गरी युग-युगसम्म नेपाली जनताको लोकतन्त्र, शान्ति र प्रगतिको आकांक्षालाई संस्थागत गर्न म नेपाली समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग तथा सबै राजनैतिक दलहरुस“ग सम्बन्धित युवाहरुस“ग विशेष अपिल गर्न चाहन्छु । युवा गर्जनसहित लोकतन्त्र र शान्तिको नया“ फौजले मात्र नया“ नेपालको प्रगतिलाई सुनिश्चित गर्नेछ ।